युएईले माग्यो भारी सङ्ख्यामा नेपाली कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - युएईको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । युएईको IMDAAD LLD कम्पनीले १५० जना पुरुष र ५० जना महिला गरि नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित २५ हजार माथि पाउनेछन् । इच्छुक कामदारले इर्थ स्मार्ट रिसोर्स नेपाल प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा असोज २० देखि २३ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । 

हवाई टिकट र भीषा शुल्क निशुल्क रहेको छ । स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया