सिभिल लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं, सिभिल लघुवित्तले लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पुंजीको १९ प्रतिशतले हुन आउने ४ करोड ६० लाख ३ हजार ६२ रुपैयाँ १० पैसा बराबरको  बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने २४ लाख २१ हजार २ सय १३ रुपैयाँ ८० पैसा बराबरको नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ 

४ बर्ष अगाडि

प्रतिक्रिया