८ सय ९९ ग्राम सुनसहित वैदेशिक रोजगारीबाट फर्किएका १७ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - आइतबारयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएका १७ जनालाई अवैध सुनसहित प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीले उनीहरुलाई अवैधरूपमा ल्याइएको ८ सय ९९ ग्राम सुनसहित पक्राउ गरेको हो । प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोकगढीका समुन्द्र दंगाल र काठमाडौं बूढानीलकण्ठका सन्तवीर राई लगायतलाई पक्राउ गरेकोे थियोे । 

घर फर्किने नेपाली कामदारलाई विदेशी विमानस्थलमा तस्करहरूले विभिन्न बहाना र केही रकमको लोभ देखाएर काठमाडौं विमानस्थलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनु भनेर पठाउने गरेको प्रहरीको भनाइ छ । 

विशेषगरी खाडी र मलेसियाबाट काठमाडौं आउने यात्रुहरुलाई तस्करीका लागि दुरुपयोग गर्ने गरिएको बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया