बुद्धभुमि नेपालको ८ लाख कित्ता आईपिओमा आवेदन दिने आज अन्तिम दिन

४ बर्ष अगाडि

काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपिओमा बुधबार साँझसम्ममा साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४ सय १८ जना लगानीकर्ताहरूले २ करोड ३ लाख ७ हजार २ सय २० कित्ताको लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयरमा सर्वसाधारणले आज असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

कम्पनीको उक्त साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया