काठमाडौं, बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा २ करोड बढी कित्ताका लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बुधबार साँझ ५ बजेसम्ममा १५ लाख ९० हजार ४१८ जना आवेदकबाट २ करोड ३ लाख ७ हजार २२० कित्ताका लागि आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २७.२९ गुणा बढी हो ।
बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
प्रतिक्रिया