काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ गरि कुल १४ हजार ५४१ जनाको परीक्षण गर्दा १ सय १५७ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १ हजार ११३ जना निको भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ६४ हजार ८४७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १२३ जनाको मृत्यु भएको छ ।
हाल देशभर १९ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया