नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै, बिक्री प्रबन्धक कुन ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ। 

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.७० अनुपातमा हकप्रद निष्कासनको तयारी गरेको हो।

हाल कम्पनीको ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ पुग्नेछ। 

यसैबीच नेपाल फाइनान्सले हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

यससम्बन्धी आज नेपाल फाइनान्स र प्रभु क्यापिटलबीच सम्झौता भएको हो। 

४ बर्ष अगाडि

प्रतिक्रिया