काठमाडौं, यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी १ वर्षसम्म कुनुपर्ने बाध्यता थियो ।
अब परिक्षणकालिन अनुमतीपत्र वितरण शुरु भएसँगै चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था गरिएको र यो अवधीमा ५ गल्ती गरेमा लाइसेन्स नै खारेज हुनेछ ।
चालक अनुमतिपत्र वितरण शुरु भएसँगै १ वर्षसम्म चिट बोकेर सवारी चलाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
प्रतिक्रिया