काठमाडौं, गरिमा विकास बैंकले काठमाडौंको विशालनगरमा रहेको ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’ सँग विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।
बैंकका अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोगकर्ताहरुले ‘एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टर’को सेवा सुविधामा हेयर ट्रान्सप्लान्ट २५ देखि ४० प्रतिशतसम्मको छुट,स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतिशत, हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत,डेन्टल ट्रिटमेन्टमा २० प्रतिशत र ल्याब ईन्भेस्टिगेसनमा १५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
प्रतिक्रिया