काठमाडौं- साताको पहिलो कारोबारको दिन आइतबारदेखि नै शुरु भएको नेप्से परिसुचक ओरालो लाग्ने क्रम बुधबार भने सकरात्मक संकेत देखाएको छ । कारोबारको तीन (आइतबार देखि मंगलबार)सम्म नेप्से परिसुचक २०४.६५ अंकले घटेको थियो ।
आज नेप्से परिसूचक ५०.५८ अंकले बढेर २६६५.९३ मा पुगेको छ । नेप्से १.९३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ८.५८ अंकले बढेर ५०३.४६ मा पुगेको छ ।
कारोबारमा आएका कूल २२९ वटा कम्पनीको ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै हाइड्रोपावर, फाइनान्स र विकास बैंक समूह बढेको छ ।
बुधबार २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बुधबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ६७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
बिहीबार मेघा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया