विवाहको प्रलोभन देखाई महिला बेच्ने फरार अभियुक्त १० वर्षपछि पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - मानव बेचबिखन तथा ओसारपसार कसुरमा फरार अभियुक्त १० वर्ष पछि पक्राउ परेका छन् । विवाहको प्रलोभनमा दिल्ली पुर्याएर महिला बेच्ने शुक्लाफाँटा नगरपालिका पिपलाडीका गणेश प्रसाद जोशी १० वर्षपछि पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहतको टोलीले जोशीलाई घरबाट पक्राउ गरेको हो ।एक महिलालाई विवाहको प्रलोभनमा पारी भारतको राजधानी दिल्ली लगेर बेचबिखन गरेको आरोपमा २०६४ असार २ गते उनी विरुद्ध जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरिएको थियो । 

जिल्ला अदालतले २०६६ जेठ २५ गते जोशीलाई दोषी ठहर गरी २० वर्ष कैद र दुई लाख जरिवाना फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका जोशीलाई प्रहरीले खोजी गर्दै आएको थियो । 

प्रहरीका अनुसार भारतीय राजधानी दिल्ली पुगाएकी महिलालाई उनले त्यहाँकी महिलाको सहयोगमा बेचबिखन गरेका थिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया