अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ ।
अख्तियार बर्दिबास कार्यालयको टोलीले बुधबार दिउँसो मुख्यमन्त्रीको कार्यालयमा छापा मारेको हो।
‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको जनाइएकाे छ ।
विभिन्न मिडियामा अनियमितता भएको समाचार आएको र अख्तियारमा पनि उजुरी परेपछि अख्तियारको बर्दिबास कार्यालयले छापा मारेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए ।
‘‘अनियमितताको उजुरी परेको र विभिन्न मिडियामा समाचार पनि आएपछि हाम्रो बर्दिबास कार्यालयले त्यहाँ छापा मारेर कागजात नियन्त्रणमा लिएको हो। थप कुरा अनुसन्धानपछि थाहा हुन्छ।”
दुई नम्बर प्रदेश सरकारले छात्राहरुलाई विद्यालय पठाउन र पढाउनका लागि उत्प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। उक्त कार्यक्रमअन्तर्गत छात्राहरुलाई साइकल वितरण गर्ने गरेको छ।
छात्राहरुलाई वितरण गर्नका लागि प्रदेश सरकारले साइकल खरिद गर्ने क्रममा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छापा मारेर सबै कागजात नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया