एक करोड ७८ लाख डोज खोप नेपाल भित्रियो, ४७ लाख ५६ हजार बढिको परिक्षण गर्दा ८ लाख ८४ हजार धेरैमा कोरोना पुष्टि

४ बर्ष अगाडि

काठमाडौं - नेपालमा हालसम्म कोरोना विरुद्धको एक करोड ७८ लाख ५८ हजार ७१० खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी भेरोसेल खोप प्राप्त भएको छ । 

भेरोसेल खोप एक करोड १९ लाख डोज रहेको छ । कोभिसिल्ड खोप २४ लाख ४८ हजार आएको छ। एस्ट्राजेनेका खोप १९ लाख ७५ हजार आठ सय ६० र एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन १५ लाख ३४ हजार आठ सय ५० डोज छ ।

मन्त्रालयका अनुसार १२ असोजसम्म एक करोड २९ लाख ५८ हजार पाँच सय आठ मात्रा खोप लगाइसकिएको छ । मन्त्रालयका अनुसार अहिले सम्म जम्मा ४७ लाख ५६ हजार ९११ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ४१ लाख ८६ हजार १७५ जनाको पिसिआर विधिबाट र ५७ हजार ७३६ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएको हो । 

उक्त परीक्षण गरिएको मध्ये ८ लाख ८४ हजार ३७९ जनमा कोरोना पुष्टि भएको छ । जसमा ७ लाख ९३ हजार २७१ जनाको पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो भने ९१ हजार १०८ जनाको एन्टीजेन विधिबाट परिक्षण गरिएकोमा पुष्टि भएको हो । 

अहिले सम्म नेपालका कोरोना मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ रहेको छ । यो कुल संक्रमित संख्याको ९६।३ प्रतिशत हो । अहिले सम्म सक्रिय सङ्क्रमितको संख्या एक लाख २० हजार ६४५ जना रहेको छ । 

जसमा सघन उपचार कक्षमा ३६४ जना रहेका छन् । भेन्टिलेटरमा १२० जना सङ्क्रमितको उपचार भइरहेको छ । होम आइसोलेसनमा १७ हजार १२५ जना, संस्थागत आइसोलेसनमा १२९७ जना र क्वारेन्टाइनमा ३२८ जना संक्रमित रहेका छन् । 

नेपालका कोरोना संक्रमरणका कारण अहिले सम्म ११ हजार ११५ जनाको मृत्यु भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया