यस्तो छ एनआइबीएल प्रगति फण्ड वित्तिय अवस्था, प्रतिइकाई खुद मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं- एनआइबीएल प्रगति फण्डले भदौ मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार भदौ मसान्तसम्म आइपुग्दा एनआइबीएल प्रगति फण्डको सेयर बजारमा लगानी घटेको छ । १ महिनाको अवधिमा सेयर बजारमा लगानी ११ करोड ९१ लख रुपैयाँले घटेर ७९ करोड २२ लाख रुपैयाँमा झरेको छ । साउन महिनामा यसले ९१ करोड १३ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको थियो । 
 
यसअवधिमा फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ ३६ पैसाले घटेर १२ रुपैयाँ ९८ पैसा पुगेको छ । अघिल्लो महिना यसको न्याभ १४ रुपैयाँ ३४ पैसा थियो । 

यस्तै, फण्डको बैंक मौज्दात भने ३१ करोड १३ लाख रुपैयाँले घटेर ७ करोड ८ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । 
 
अघिल्लो महिना फण्डको बैक मौज्दातमा ३८ करोड २१ लाख रुपैयाँ रहेको थियो । यसअवधिमा फण्डले ७२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नेपाल इन्फास्ट्रक्चर बैंकको सेयरमा गरेको छ । बैंकको ३० हजार ७०३ कित्ता सेयरमा ४ करोड ३७ लाख ६५ हजार रुपैयाँ लगानी गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया