सेयर धितो कर्जाको सीमा तत्काल फिर्ता लिन माग (विज्ञप्तिसहित)

४ बर्ष अगाडि

काठमाडौं - शेयर लगानीकर्ता संघ नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कायम गरेको सेयर धितो कर्जाको सीमा तत्काल फिर्ता लिन नियामक निकायहरूसँग माग गरेको छ ।

संघले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सेयर धितो कर्जामा लगाईएको ४ करोड र १२ करोडको सीमाका साथसाथै सिडी रेसियोको व्यवस्था फिर्ता लिन सम्बन्धित नियामकहरूसँग माग गरेको हो ।

मौद्रिक नितिमा गरिएको पुँजी बजार सम्बन्धि परिवर्तनमध्ये ४ करोड र १२ करोड प्रकरण र सिडी रेसियोको व्यवस्थाले बजारमा नकारात्मक प्रभाव पार्ने भन्दै त्यसलाई तुरुन्त सच्याउनको लागि संघले विज्ञप्ति मार्फत् पहल गरेको हो । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया