काठमाडौं-आरविवि म्युचुअल फण्ड–१ ले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
विवरण अुनसार योजना रू. २ करोड ३१ लाख ९५ हजार नोक्सानीमा रहेको छ । साउन ७ गतेदेखि सञ्चालनमा रहेको सात वर्षे अवधिको बन्दमुखी यस योजना साउन मसान्तसम्ममा भने रू. १ करोड २९ लाख ६ हजार नाफामा रहेको थियो ।
साउन मसान्तसम्म रू. १ करोड ९९ लाख ६४ हजार जम्मा आम्दानी गरेको यस योजना भदौ मसान्तसम्म भने रू. १ करोड ४२ लाख ५७ हजार घाटामा रहेको छ ।
भदौ मसान्तसम्ममा योजनाको प्रति इकाई खुद मूल्य पनि रू. ९.८१ मा झरेको छ । साउन मसान्तसम्म यो मूल्य रू. १०.१० रहेको थियो ।
योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको हो । भदौ मसान्तसम्म रू. ४८ करोड ९ लाख १० हजार धितोपत्र दलाल कमिसनसहित धितोपत्रमा लगानी गरेको योजनाको लगानीको बजारमूल्य भने रू. ४६ करोड २ लाख २१ हजार रहेको छ ।
प्रतिक्रिया