घुस लिने खरिदार पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया