माओवादी केन्द्रले पाँच मन्त्रालय पाउँदै, नाम तय गर्न आज बैठक बस्‍दै

४ बर्ष अगाडि

काठमाडौँ - मन्त्रीको नाम तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्‍दैछ । 

आजको बैठकले मन्त्रीको नाम तय गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन माओवादीका अध्यक्ष पुष्‍पकमल दाहाल छलफलमा जुटेका हुन् । 

माओवादीले अब पाँच मन्त्रालय पाउनेछ । जसमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, मातृका यादव, अमनलाल मोदी, शिवकुमार मण्डल, शशी श्रेष्ठ र जयपुरी घर्ती मध्यबाट मन्त्री बनाउने गरी दाहालले आन्तरिक छलफल गरिरहेको दाहाल निकट एक नेताले जानकारी दिए । 

ति नेताका अनुसार माओवादी नेता नारायणकाजी श्रेष्ठ मन्त्री बन्‍ने सूचीबाट हटेका छन् । माओवादीबाट यसअघि जनार्दन शर्मा अर्थ मन्त्री र पम्फा भुसाल उर्जा मन्त्री छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया