वैदेशिक रोजगार व्यवसायीले लिने सेवा शुल्क परिमार्जन गर्न सबैले हिम्मत गर्ने बेला आएको छ : सचिव गौतम

४ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमले वैदेशिक रोजगार व्यवसायीले लिने सेवा शुल्क परिमार्जन गर्न सबै पक्षले हिम्मत गर्ने बेला आएको बताएका छन् । 

वैदेशिक रोजगार पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई मन्त्रालयमा स्वागत गर्दै उनले उक्त धारणा राखेका हुन् । यसअघि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको गत शुक्रबार बसेको बैठकमा सेवा शुल्क १० हजार तोकिएका मुलुकमा रोजगारीमा पठाउँदा नागरिक र सरकार दुबै ठगिएको सचिव गौतमले बताएका थिए । 

मंगलबारको भेटमा पनि सचिव गौतमले सेवा शुल्क परिमार्जन पछि वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सहज हुने बताए । सचिव गौतमले सेवा शुल्क परिमार्जन गर्दा कामदारले पाउने एक महिनाको तलब बराबरको लिन पाउने व्यवस्था गर्नु उचित हुने पनि बताए ।
 
उनले इजरायलमा कामदार पठाउने क्रमलाई तीव्ररूपमा अघि बढाइएको र परिणाम पनि सोही अनुसार आएको भन्दै मन्त्रालयले अन्य कामहरूलाई पनि तिव्रताका साथ लैजाने बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया