मेस्सीको गोलमा पीएसजीको सानदार जीत, रियल मड्रिड र एसी मिलान पराजित

४ बर्ष अगाडि

एजेन्सी – च्याम्पियन्स लिगमा पीएसजीले सानदार जीत निकालेको छ । गए राति भएको खेलमा म्यानचेस्टर सिटीलाई पीएसजीले २–० गोलले हराएको हो । 

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको छ । खेलमा घरेलु टोली पीएसजीले गुआईको गोलबाट अग्रता लिएको थियो । 

त्यस्तै खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले २–० को अग्रता बनाएको थियो । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् । साथै नयाँ सिजनमा पीएसजीका लागि अहिलेसम्म चार खेल खेलेका मेस्सीले पहिलो गोल गरेका हुन् । 

च्याम्पियन्स लिग फुटबलमा गयराती भएका खेलमा रियल मड्रिड र एसी मिलान पराजित भएका छन् । रियललाई सेरिफले र एसी मिलानलाई एट्लेटिको मड्रिडले समान २–१ गोलले हराएको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले स्पोर्टिङलाई १–० ले हराएको छ । सख्तर डोनेस्क र इन्टरमिलानले गोलरहित बराबरी खेलेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया