शेयर बजारले यात्रालाई नै निरन्तरता आज पनि ७० अंकले घट्यो, करोबार रकम ५ अर्ब ७४ करोड मात्र

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगबार) पनि सेयर बजार घटेको छ । आइतबारदेखि लगातार घटिरहेको सेयर बजारले मंगलबार पनि ओरालो यात्रालाई नै निरन्तरता दिएको हो ।

नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा झरेको छ । नेप्से २.६१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा पुगेको छ ।

कूल २१८ वटा कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 कारोबारका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सूचक घटेको छ । 

मंगलबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १८ करोड ८२ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज पनि मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ७ सय ५३ रूपैयाँ पुगेको छ । 

यस दिन नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया