संविधान कार्यान्वयन सकियो, सांसद बने बेरोजगार

७ बर्ष अगाडि


काठमाडौं- राष्ट्रपतिदेखि राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सम्पन्न गरी संघीय संसद्ले संविधान कार्यान्वयनको एक चरण पूरा गरेको छ।संविधानको व्यवस्थाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि र सभामुख/राष्ट्रियसभा अध्यक्ष तथा उपसभामुख÷उपाध्यक्षको निर्वाचन तोकिएकै मितिमा सम्पन्न भएपछि संघीय संसद्का दुवै सदन बिजनेसविहीन भएका छन्। निर्वाचन आयोगले उपराष्ट्रपति पनि निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको छ।

संविधानले तोकेका सबै निर्वाचन सम्पन्न भएकाले सरकारले अब मौलिक हक कार्यान्वयनसम्बन्धी कानुन निर्माणलाई धमाधम अघि बढाउने बताएको छ।  अन्नपूर्ण पोस्टमा खबर छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया