काठमाडौं- रिज लाइन इनर्जी २० लाख ८२ हजार ८७० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरमा उक्त आईपीओ निष्कासन गर्ने लागेको हो ।
यसैबीच कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज रिज लाइन इनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया