काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबारको पहिलो घण्टामा ३४.८७ अर्थात १.३० प्रतिशतले ओरालो लाग्दै २६५०.५५ को बिन्दुमा पुगेको हो ।
सो अवधीसम्ममा कारोबारमा आएका २०६ कम्पनीको २६ लाख ५४ हजार १५३ कित्ता शेयर १८ हजार ५९१ पटकको कारोबारमा १ अर्ब ३५ करोड ६० लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, १२ बजेसम्म कारोबारमा आएका २०६ कम्पनी मध्ये २५ कम्पनीको शेयरमुल्य बढेको छ भने १५१ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो ।
प्रतिक्रिया