काठमाडौं, मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ७३.०५ अंक घटेर २६८५.४१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८१ अंक घटेर २६८३.६० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ।
यस दिन प्रि ओपन सेसनमा २६कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने १२ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया