सानिमा बैंकको १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं- सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा रहेको छ । 

बैंकले शेयरधनी धर्मकला थपलियाको नाममा रहेको १२ लाख ७५१ कित्ता शेयर विक्रीको लागि ३५ दिने सुचना जारी गरेको छ । मंगलवार बैंकले सुचना जारी गरी उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरुलाई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रिय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा निवेदन दिन भनेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत बैंकले जानकारी दिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया