७३ लाख मूल्य बराबरको लागुऔषध सहित दुईजना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं- झापाको बिर्तामोडबाट ७३ लाख रुपैयाँ बराबरको लागुऔषध सहित दुईजना पक्राउ परेका छन्। 

प्रहरीले कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र २४ वर्षीय विकास मर्डीको  साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । 

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरूलाई सोमबार बेलुकी नियन्त्रणमा लिएको हो। प्र

थप अनुसन्धान गर्दा बिर्तामोड नगरपालिका १ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२.३७ मिलिग्राम ब्राउन सुगर र २ लाख ६९ हजार ३०० रुपैयाँ बरामद गरिएको छ । बरामद गरिएको १४६ ग्राम ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ७३ लाख रुपैयाँ पर्ने डिएसपी थापाले बताए।

प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ। ब्राउन सुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया