काठमाडौं,फोर्स मोटसले आइकनिक अफरोडर एड्भेन्चर लाइफस्टाइल एसयूभी गोर्खाको नयाँ मोडल भारतीय बजारमा लन्च गरेको छ । यसको प्रारम्भिक मूल्य १३ लाख ५९ हजार भारु तोकिएको छ । यसको डेलिभरी अक्टोबर १५ देखि गरिने बताइएको छ । आकर्षक लुक र दमदार इन्जिनयुक्त सो अफरोडर एसयूभीको २५ हजार भारुका साथ बुकिङ गर्न सकिन्छ ।
नयाँ फोर्स गोर्खा धेरै रफ एन्ड टफ स्टाइल, अपडेटेड इन्टेरियर र बीएस६ मापदण्डयुक्त डिजेल इन्जिनका साथ आएको छ । सो एसयूभी ह्वाइट, ग्रे, ग्रिन, ओरेन्ज र रेड कलर अप्सनका साथ उपलब्ध हुनेछ ।
नयाँ फोर्स गोर्खामा बीएस६ इन्जिनयुक्त २.६ लिटर डिजेल इन्जिन दिइएको छ, जसले ८९ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनका साथ हाइड्रोलिक रुपबाट एक्टिभ क्लच र केबल सिफ्टका साथ ५–स्पिड मर्सिडिज जी–२८ गियरबक्स दिइएको छ । सो इन्जिन अल ह्विल ड्राइभ सिस्टम र लो–रेन्ज ट्रान्सफर केसका साथ फ्रन्ट र रियर लकिङ डिफ्रेन्सियलका साथ आउछ ।
एड्भेन्चर शौखिनका लागि यसमा इन्डिपेन्डेन्ट फ्रन्ट सस्पेन्सन र रियरमा रिजिड एक्सल सामेल छ । त्यसैगरी यसमा अफरोडिङ टायर उपलब्ध छ । कम्पनीले यसका डबल हाइड्रोलिक स्प्रिङ क्वाइल सस्पेन्सन र १६ इन्चको ट्युबलेस टायर राखेको छ । यसको चारैतिर अफरोड क्लेडिङ उपलब्ध छ ।
यसमा ५ सय लिटर भन्दा धेरैको बुट स्पेस उपलब्ध छ । यसको डिजाइनमा पनि पहिले भन्दा फरक छ । यसमा सर्कुलर बाई–एलईडी हेडल्याम्प र एलईडी डीआरएल दिइएको छ । त्यसैगरी कारमा फ्रन्ट ग्रिल, नयाँ फगल्याम्प, क्लेमलेस बोनट, ब्ल्याक क्लेडिङले ढाकिएको ह्विल आर्च, नयाँ डिजाइन गरिएको १६ इन्चको अलोय ह्विल, छतमा लगेज क्यारियर, नयाँ टेलल्याम्पका साथ टेलगेटमा एक सिढी जस्तै फिचर उपलब्ध छ ।
नेपाली बजारमा आयाम इन्टरकन्टिनेन्टलले फोर्स गोर्खा नेपाली बजारमा भित्र्याउने बताएको छ ।
प्रतिक्रिया