काठमाडौं, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
डिप्रोक्सको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६६६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।
लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा डाकेको हो।
प्रतिक्रिया