भाषा परीक्षामा उत्तीर्णहरूको नाम इजरायली दूतावासमा

४ बर्ष अगाडि

काठमाडौं, वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरको रोजगारीमा जान लिएको भाषा परीक्षा उत्तीर्ण १ हजार ६ सय परीक्षर्थीको नामावली नेपालस्थित इजरायली दूतावासलाई बुझाएको छ । भाषा परीक्षामा उत्तीर्ण २ हजार ३९ जनामध्ये अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गरी तौल तथा तोकिएको उचाइ पुगेका १ हजार ६ सय जना सिफारिस भएका हुन् ।

त्यसमध्ये कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार जना छनोट गरिने छ । शुरूमा एक वर्षको करार अवधिका लागि जाने नेपाली कामदार ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्ने व्यवस्था छ । इजरायल जानका लागि १ लाख ६५ हजार ७०० लाग्ने प्रारम्भिक अनुमान छ । जहाज भाडा बढेमा लागत बढ्न सक्ने छ । नेपाली कामदारको मासिक करिब १ लाख ९० हजार रुपैयाँ पारिश्रमिक हुने छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रका लागि जिटुजी मोडलबाट नेपाली कामदार पठाउन लागिएको हो । सरकारले एजेन्ट सरहको हैसियतमा कामदार पठाउने कार्य राष्ट्रको स्वाभिमान विपरीत भएकाले खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको एउटा रिट भने सुनुवाइको प्रक्रियामा रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया