असोजमा पनि बैंकहरुमा निक्षेपको तुलनामा कर्जा लगानी बढी, तरलता अभाव झन बढ्यो

४ बर्ष अगाडि

असोज पहिलो साता वाणिज्य बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढेको छ । 

असोजको पहिलो साता २७ वाणिज्य बैंकहरुमा निक्षेप संकलन जम्मा ९ अर्ब रुपैयाँले बढ्दा कर्जा लगानी भने ३१ अर्ब रुपैयाँले बढेको हो 

वाणिज्य बैंकका प्रमुख कार्यकारीहरुको छाता संगठन नेपाल बैंकर्स संघले सार्वजनिक गरेको भदौ ३१ गतेदेखि असोज ८ गतेसम्मको तथ्यांक अनुसार बैंकहरुमा लगानीयोग्य रकम (तरलता) समस्या झन बढ्ने देखिएको छ । 

असोज ८ सम्म बैंकहरुमा निक्षेप ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ । जबकी भदौ ३१ गतेसम्म बैंकहरुमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ मात्र निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह थियो । 

असोज महिनाको पहिलो सातामा पनि २७ वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । बैंकहरुले लिएको निक्षेपको ९० प्रतिशत मात्रै बैंकहरुले कर्जा लगानी गर्नुपर्ने हुन्छ । तर, पछिल्लो साताको तथ्यांक हेर्दा निक्षेपभन्दा तेब्बर धेरै ऋण लगानी भएको छ ।

बजारमा लगानी योग्य रकम अभाव भए पछि केही दिनअघि मात्रै  नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रकम बजारमा पठाएको थियो । राष्ट्रबैंकका अनुसार अहिले बजारमा २२ अर्ब रुपैयाँ तरलता रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया