काठमाडौं,साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको MOFARREH MARZOUQ AL- HARBI & PARTNERS CO. LTD.कम्पनीले ५५ जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ३१ हजार माथिदेखि ७८ हजार माथि पाउनेछन् । इच्छुक कामदारले Work Force Services Pvt.Ltd. Sinamangal को कार्यालय काठमाडौंमा असोज १८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैँले बेहोर्नु पर्नेछ ।
यस्तै, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया