काठमाडौं, बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हजार ९४० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएका हो। निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
सो शेयरमा सर्वसाधारणले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया