काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले आजदेखि बीएस६ भर्सनको एमटी–१५ मोटरसाइकल नेपाली बजारमा बिक्री प्रारम्भको घोषणा गरेको छ । राजधानीको भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामार्फत यसको बिक्री प्रारम्भ गरिने बताइएको छ ।
केही दिनका लागि यो मोटरसाइकलको मूल्य ४ लाख ५० हजार रुपैयाँ तोकिने कम्पनी स्रोतको भनाइ छ । हाल नेपाली बजारमा उपलब्ध बीएस४ मोडलको एमटी–१५ को मूल्य ४ लाख ४२ हजार ९ सय रुपैयाँ छ ।
एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विडकुल्ड फोरस्ट्रोक एसओएचसी फोर भल्व इन्जिन हुनेछ, जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।
प्रतिक्रिया