पछिल्लो २४ घण्टामा निको हुने भन्दा संक्रमितको धेरै, मृतकको संख्या ११ हजार १ सय नाघ्यो

४ बर्ष अगाडि

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  पीसीआर विधिबाट १२ हजार ८१  र एन्टिजेन विधिबाट ३ हजार ४०७  गरि कुल १५ हजार ४८८ जनाको परीक्षण गर्दा १ सय २८२ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा १ हजार २६२ जना निको भएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । यो संगैं मुलुकभर ७ लाख ६२ हजार ४१६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १०३ जनाको मृत्यु भएको छ ।


हाल देशभर १९  हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया