काठमाडौं, साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सहित कारोबार रकम पनि घटेको छ ।
आज नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ विन्दुमा झरेको छ । नेप्से २.६५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२७ वटा कम्पनीको एक करोड ४ लाख ७८ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
अन्तिम समयसम्म कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै वटा उपसमूहको सूचक घटेको छ ।
सोमबार पनि अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १५ करोड ४९ लाख ७१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ ।
यस दिन गुडविल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरू सबैभन्दा धेरै गुमाएका छन् ।
प्रतिक्रिया