काठमाडौँ - काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर९पाङ्ग्रा० नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ ।
८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो ।
बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित रुपले अवतरण गरिएको विमानस्थलले जनाएको छ ।
काठमाडौंको आकाशमा उक्त जहाज २४ मिनेट होल्ड गरिएको थियो । साथै आकस्मिक अवतरणको तयारीस्वरूप विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए ।
तर आकस्मिक अवतरण नभई ुएसुरेन्स ल्यान्डिङु भएको बुद्ध एयरले जनाएको छ । उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए ।
यसैबीच सोमबार पोखराका लागि उडेको बुद्ध एयरकै अर्को जहाज गोरखाको मनकामनामाथि पुग्दा इन्डिकेटरमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो ।
प्रतिक्रिया