काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा नेप्सेमा आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार हुन सकेन । स्पेशल प्रि-ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो ।
स्पेशल प्रि-ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ । जस अनुसार अब भोलि फेरि स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको कारोबार खुल्नेछ । सो सेसनमा कारोबार भएमा मात्रै नियमित कारोबार हुनेछ ।
हिजो संस्थाको १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको थियो । नेप्सेले संस्थाको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
संस्थाले दोश्रो बजारमा कारोबारका लागि MLBS सिम्बोल पाएको छ ।
प्रतिक्रिया