काठमाडौं- साताको दोस्रो कारोबारको दिन(सोमबार) नेपाल स्टक एक्सेन्च(नेप्से) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक करिब ४९ अंकले ओरालो लागेको छ ।
कारोबारको पहिलो घण्टामा ४८.९२ अर्थात १.७७ प्रतिशतले ओरालो लाग्दै २७०९.५४ को बिन्दुमा पुगेको हो ।
सो अवधीसम्ममा कारोबारमा आएका २०६ कम्पनीको २६ लाख ८० हजार ९४३ कित्ता शेयर १६ हजार ८९३ पटकको कारोबारमा १ अर्ब ३२ करोड ९९ लााख रुपैंया बराबरको शेयर कारोबार भएको छ ।
यस्तै, १२ बजेसम्म कारोबारमा आएका २०६ कम्पनी मध्ये १२ कम्पनीको शेयरमुल्य बढेको छ भने १६५ कम्पनीको शेयरमुल्य ओरालो लागेको हो ।
प्रतिक्रिया