मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मूल्य साढे १५ सय माथि

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको १५ मिनेटमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५९३.७० पुगेको छ । 

कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्टथमा कम्पनीको ३८ हजार ५५३ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया