गुराँस लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

४ बर्ष अगाडि

काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १६.९० प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनार्थ ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया