भन्सार कार्यालयमा थन्किए सवारी साधन, काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार

४ बर्ष अगाडि

काठमाडौं - लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौँ मूल्यका मोटरसाइकललगायतका सवारी साधन दुई वर्षदेखि थन्किएका छन् । कोरोनाको सङ्क्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो । 

बढ्दो कोरोनाको सङ्क्रमणका कारण मूल्याङ्कन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए । उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनु प¥यो । कति वर्ष पुरानो हो । 

उत्पादन भएको वर्ष कुन हो  सो कुरा पत्ता लगाई सकेपछि इञ्जिनीयरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारण पछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ । भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन । दुई तीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ । 

काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार
घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । 

सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो । प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । 

उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया