मानुषी लघुवित्तको आइपीओ आजदेखि कारोबारमा, ओपनिङ रेन्ज कति ?

४ बर्ष अगाडि

काठमाडौं, मानुषी लघुवित्तको आइपीओ हिजो आइतबार नेप्सेमा सूचीकृत भएको छ । आइतबार असोज १० गते कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबार (ओपनिङ रेन्ज) प्रतिसेयर न्यूनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्म दिएको छ । 

नेप्सेले लघुवित्तको कारोबार संकेत एमएलबीएस प्रदान गरेको छ । यहि संकेतमा आज (सोमबार)देखि मानुषीको सेयर दोस्रो बजारमा कारोबार हुनेछ । कम्पनीको आइपीओ जरी भएको १ महिनापछि नेप्सेमा सूचीकृत भएको हो ।  लघुवित्तले साउन २७ देखि साउन ३१ गतेसम्म आइपीओ जारी गरेको थियो । भने, भदौ ७ गते आइपीओ बाँडफाँट गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया