ओमानले माग्यो नेपाली कामदार, मासिक तलब कति ?

४ बर्ष अगाडि

काठमाडौं - ओमानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । ओमानको मुस्काट सहरमा रहेको s j abed and al sulaimi catering croup LLC कम्पनीले १६ जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३६ हजार माथि पाउनेछन् । इच्छुक कामदारले अचिभ इन्टरनेशनल प्रालिको कार्यालय सानेपा ललितपुरमा असोज १८ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च कामदारले बेहोर्नु पर्ने छ ।  भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया