आजबाट लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं उपत्यकाबाट बाहिरिनेहरूका लागि आजबाट लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ । 

यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैँको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया