काठमाडौं - रोजगारीका लागि क्यानाडाको फुड प्याकेजिङमा लगाइदिने प्रलोभन दिई ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरेका नगेन्द्र विश्वकर्मा र मोरङ सुनबर्षी नगरपालिकाका प्रवेज आलम रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले झापाको कमल गाउँपालिकाका आशिष काफ्लेले चलाउँदै आएको ९८५१०२२६३५ नम्बरबाट ह्वाट्सएप र फेसबुक पेजमा क्यानडाको ईडन सोलुसन कम्पनीमा फुड प्याकिङको रोजगारी भन्दै अवैधानिकरूपमा विज्ञापन गरी ठग्ने प्रपञ्च गरेकोे प्रहरीले बताएको छ ।
मासिक तलब दुई लाख पच्चीस हजार हुने भन्दै त्यसका लागि ४ लाख खर्च लाग्छ भनी उनीहरूले आईएमई र सिटि एक्सप्रेसबाट तीन लाख रूपैयाँ माग गरेको उजुरी परेपछि अनुसन्धान शुरू गरेकोे नेपाल प्रहरीको अपराध महाशाखाले जनाएको छ ।
प्रतिक्रिया