काठमाडौं - नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य लाभांशको बुक क्लोज पछि आज नेप्सेमा समायोजन भएको छ ।
नबिल इक्विटी फण्ड
नबिल इक्विटी फण्डको इकाई मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल इक्विटी फण्डको ईकाई मूल्य ११.५४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १५.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
नबिल ब्यालेन्सड फण्ड-२
नबिल ब्यालेन्सड फण्ड २ को इकाई मूल्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समायोजन भएको छ । समायोजन पछि नबिल ब्यालेन्सड फण्ड २ को ईकाई मूल्य ११.०४ पैसा कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार मूल्य १४.५४ पैसामा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले नबिल इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ३५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
प्रतिक्रिया