२१ रोपनी ८ आना विप्लवको पार्टीले लगायो आँखा

७ बर्ष अगाडि

काभ्रे । अर्धभूमिगतरुमा विभिन्न कृयाकलाप संचालन गर्दै आएको विप्लव नेतृत्वको नेकपाका ताम्सालिङ जनपरिषद्ले जग्गा फिर्ता गर्न १५ दिने म्याद जारी गरेको छ ।

जिल्लाको रोशी गाउँपालिका– ८ नार्के निवासी तर्कबहादुर तामाङको नाममा रहेको २१ रोपनी ८ आना १ पैसा ३ दाम बराबरको जग्गा दृष्टिबन्धक राखिएको भन्दै झुक्याएर रोशी गाउँपालिका – ९ मंगलटारका बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नाममा राजिनामा पास नै गरेको भन्दै फिर्ता गर्न १५ दिने म्याद जारी गरेको जिल्ला इन्चार्ज शरद रसाईलीले बताए ।

जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता भई अदालतलाई समेत प्रभावित पारी गलत फैसला गराईएको भन्दै नेकपाले ध्यानाकर्षण भएको बताएको छ । ‘हामी अदालतको गलत फैसला बदर नभए सशक्त प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

कित्ता नम्वर २२९० को ०–१५–०–० र कित्ता नम्वर ७५९ को ६–८–१–३ को जग्गा बहादुर सिं तामाङको श्रीमती सानुमाया तामाङको नामबाट पुनः तेमाल गाउँपालिका – ५ निवासी सुर्यलालको श्रीमती कृष्णमाया तामाङ र सोहि ठाउँ बस्ने पुर्णबहादुर तामाङको श्रीमती दावा डोल्मा तामाङको नाममा जालसाजीपूर्ण तरिकाले पास गरिएको नेकपाले जारी गरेको म्यादमा उल्लेख गरिएको छ ।

‘यो सूचना जारी गरिएको १५ दिन भित्र तर्कबहादुर तामाङकै नाममा जग्गा फिर्ता गर्न गराउन ताम्सालिङ्ग स्वायत्त प्रदेशको तर्फबाट यो सूचना जारी गरिएको छ’–म्यादमा भनिएको छ –‘अन्यथा स्वायत्त प्रदेशको नीति अनुसार अन्य कारवाही प्रकृया अगाडी बढाईने जानकारी गराईन्छ ।’

म्याद जारी गरेको जग्गा पार्टीले कब्जा गरेको घोषणा गरेको छ । तर्कबहादुर तामाङको पहुँच नभएकाले करोडौको जग्गा ५ लाखमा खान खोजेकाले कब्जा गरिएको नेपाल कम्युनिष्ट पार्टी पूर्वी ताम्सालिङ्ग स्वायत्त प्रदेशले कब्जा गरेको घोषणा गरेको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
 

७ बर्ष अगाडि

प्रतिक्रिया