काठमाडौं - नेप्सेमा आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले घोषणा गरेको १०.५२ प्रतिशत लाभांशका लागि सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको अन्तिम कारोबार मूल्य ५७५ रुपैयाँमा बोनसको लागि मूल्य समायोज गरिएको नेप्सेले जनाएको छ । अव समायोजपछि आज कम्पनीको सेयर कारोबार ५२३ रुपैयाँमा सुरु हुनेछ ।
साधाणसभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आज असोज ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया