काठमाडौं, कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको SIDRA AGRICULTURE COMPANY कम्पनीले ७० जना पुरुष नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित ३२ हजार माथि पाउनेछन् । इच्छुक कामदारले Target H.R.Solution Pvt.Ltd. Sinamangal कार्यालय काठमाडौंमा असोज १७ र १८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
प्रतिक्रिया